सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो


आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँ बढेको हो । केही दिनयता सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।