दोलखा जिल्ला मालु घर भएका २५ वर्षीय चार्टर्ड एकाउन्टेन्ट महेन्द्र खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी यात्रामा होमिएका छन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका खड्का उम्मेदवारी दर्ता गराएसँगै मतदाता माझ पुगेर आफ्ना एजेन्डा र दृष्टिकोण प्रस्तुत गर्न सक्रिय रूपमा लागेका छन् । पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका खड्का दोलखा जिल्ला मालु घर भएका २५ वर्षीय चार्टर्ड एकाउन्टेन्ट महेन्द्र खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी यात्रामा होमिएका छन् । नेपाल चाटर्ड अकाउन्टेन्ट विद्यार्थी संघ (NCASA) का पूर्व अध्यक्षसमेत रहिसकेका छन् ।
देशकै ठूला र प्रभावशाली राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको अवस्थामा खड्काको स्वतन्त्र उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आगामी फागुन– २१ गतेको लागि घोषित निर्वाचनमा दोलखाबाट प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट अजय बाबु सिवाकोटी, नेकपा (एमाले) बाट पूर्व मन्त्री पार्वत गुरुङ तथा नेपाली कम्युनिष्ट पार्टीबाट बागमती प्रदेश सरकारका पूर्व बन तथा वातावरण मन्त्री विशाल खड्का उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । यति ‘हेभीवेट’ उम्मेदवारहरूबीच बिना दल स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिनु खड्काको राजनीतिक बिद्रोहको स्पष्ट संकेतका रूपमा विश्लेषण हुन थालेको छ।
राजनीतिक दलप्रति आम नागरिकमा बढ्दै गएको असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजी भइरहेका बेला खड्काको उम्मेदवारीले दोलखाको चुनावी माहोल थप रोचक बनाउने देखिएको छ । युवा, पेशागत इमानदारी र संस्थागत अनुभवका आधारमा आफूले फरक राजनीतिक अभ्यास प्रस्तुत गर्ने खड्काको दाबी छ ।

प्रतिक्रिया