नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।
आज छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा हालसम्मकै सर्वाधिक भाउ हो ।
हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो ।
शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया