सरकारले गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय एवम् भौतिक क्षतिको यथार्थ छानबिन गरि प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
यस्तै बैठकले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने २० लाख अमेरिकी डलर अर्थात् २९ करोड ३७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ ।
यस्तै सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रवक्ता तोकेको छ । यसअघिका सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आउँदो चुनावमा भाग लिने जानकारी गराएसँगै सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।

प्रतिक्रिया