सुन तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो


हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ५० रुपैयाँले घटेर तोलाको ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो ।