१६५ पदका लागि ११ सय ८७ स्वतन्त्रसहित ६८ राजनीतिक दलबाट मनोनयन दर्ता 


फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि ११ सय ८७ स्वतन्त्रसहित ६८ राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । 

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् । यसमा राजनीतिक दलको तर्फबाट २३५ र स्वतन्त्रबाट १६० महिला उमेदवारले मनोनयन दर्ता गराएका छन् । 

देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएकामा  तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् । 

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् ।