सोलुखुम्बुमा १२ वटा पार्टीले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउन उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा विभिन्न १२ वटा पार्टीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।

मनोनयन भएका पार्टी र उम्मेद्बारको नाम :

१, वियस राई- श्रम संकृती पार्टी

२, मन कुमार गुरुङ -मंगोल नेसनल अर्गनाइजेसन

३,ल्हाक्पा शेर्पा – जसपा नेपाल

४, कल्पना राई- नेकपा एमाले

५, ॠसिधन थुलुङ राई- रास्वपा६, पेम्बा छिरी शेर्पा – उज्यालो नेपाल पार्टी

७, कमल बहादुर मगर – नेपाल मजदुर किसान पार्टी

८, श्रीध्वज तामाङ- मितेरी पार्टी नेपाल

९, गुणराज एफ भट्टराई – आम जनता पार्टी

१०, प्रकाश सिंह कार्की – नेपाली कांग्रेस

११, असिम राई- नेपाल कम्युनिस्ट पार्टी

१२, राजेन्द्र बस्नेत- राप्रपा

यसैबीच सोलुखुम्बु जिल्लामा सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता सप्पन्न भएको छ । निर्वाचन कार्यालयको निर्वाचन तालिका अनुसार भोलि मनोनयन पत्र दर्ता भएको उम्मेद्बारको सूची प्रकाशन गर्ने जनाएको छ ।