नेपाली कांग्रेसले ओखलढुंगामा उम्मेदवार परिवर्तन गरेको छ ।
हिजो साँझ ओखलढुंगाका लागि रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले आज बिहान कुमार लुइँटेललाई टिकट थमाएको हो । लुइँटेल जिल्लामा लामो समयदेखि सामाजिक काम र कांग्रेसको राजनीतिमा सकृय भएका तर लाभको पद नलिएका नेता हुन् ।
कांग्रेसले लुइँटेल उठाएसँगै ओखलढुंगामा यो निर्वाचनमा सबै नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रतिक्रिया