नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट निर्वाचित भएका निवर्तमान सांसद खतिवडालाई नै कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खतिवडा २०७० को संविधानसभा निर्वाचनमा ओखलढुंगा (ख) बाट निर्वाचित भएका थिए ।
ओखलढुंगाबाट संघिय सांसदका लागि खतिवडाको यो उम्मेदवारी चौथो पटक हो । यसअघि भिडेका ३ मध्ये २ चुनाव खतिवडाले जितेका छन् । संविधानसभा सदस्यमा एमालेका नानीबाबु बुढाथोकीलाई हराएका खतिवडा २०७४ मा एमालेका यज्ञराज सुनुवारसँग पराजित भएका थिए । फेरि २०७९ को निर्वाचनमा यज्ञराज सुनुवारलाई हराएर खतिवडा विजयी भएका थिए ।
यसपटक खतिवडाका पुराना प्रतिस्पर्धीहरु चुनावी मैदानमा छैनन् । उनको प्रतिस्पर्धा नयाँ र युवा पुस्ताका उम्मेदवारसँग हुनेछ । चाैथाे चुनावी लडाइँ जित्लान् ? कि हार्लान् ? त्याे नतिजा पाउन फागुन २१ काे निर्वाचनकाे मत परिणाम कुर्नुपर्छ ।

प्रतिक्रिया