चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) राजीनामा दिने भएकी छिन् ।
उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने दाहालको सचिवालयले जनाएको छ । आज सोमबार (माघ ५) सञ्चारकर्मीसँग करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताइन् ।
मेयरका हैसियतमा आफूले भरतपुरमा धेरै काम गर्न सफल भएको उनको भनाइ छ । दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृ सोबिता गौतम चुनाव लड्न चितवन-३ मा आउँदा आफू कति पनि तरंगित नभएको समेत बताइन् ।
दाहाल पहिलो पटक २०७४ मा नेकपा एमालेको उम्मेदवार देवी ज्ञवालीसँग जित हात पार्दा विवाद भए पनि दोस्रो पटक सहज ढङ्गले मेयर पदमा जितेकी थिइन् ।

प्रतिक्रिया