काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी पदभार ग्रहण गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका शाहले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । रास्वपा कार्यालय ‘घन्टीघर’ पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका थिए।
उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू उपस्थित थिए । बालेन आज साँझै जनकपुर जाने तय भएको छ । जनकपुरमा रास्वपाले भोलि कार्यक्रम आयोजना गर्नेछ ।
मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उपप्रमुख सुनिता डंगोलले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी छिन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।


प्रतिक्रिया