एमालेले उम्मेदवार टुङ्ग्यायो,(सूचीसहित)


नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश उम्मेदवार टुङ्ग्याएको छ । शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले केही निर्वाचन क्षेत्र बाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । बाँकी क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार पर्सि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

एमालेले यसपटक पनि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ। ओली साविककै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने निश्चित भएको छ। यसैबिच उम्मेदवार छनोट प्रक्रियाले पार्टीभित्र असन्तुष्टि पनि ल्याएको छ। पछिल्लो महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका नेताहरू टिकट वितरणमा पाखा पारिएको गुनासो गर्दै आएका छन्। उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्रमा समेत उम्मेदवार टुङ्ग्याइएको छैन। त्यहाँ अध्यक्ष ओलीले नै अन्तिम निर्णय गर्ने सचिवालयले निर्णय गरेको भट्टले बताए।

त्यस्तै, काभ्रे–२ मा जिल्ला र निर्वाचन क्षेत्र कमिटीले गोकुल बास्कोटाको एकल नाम सिफारिस गरे पनि उम्मेदवार टुङ्गो लाग्न सकेको छैन। कैलाली–२ बाट झपट रावलले टिकट नपाएपछि असन्तुष्टि देखिएको छ। यद्यपि, योगेश भट्टराईले निर्णयलाई लिएर कार्यकर्ता विचलित नहुन आग्रह गरेका छन्।

एमालेले सार्वजनिक गरेको सूचीअनुसार देशभर अधिकांश क्षेत्रमा उम्मेदवार तय भइसकेका छन् भने केही स्थानमा ‘बाँकी’ राखेर निर्णय अध्यक्षमा छोडिएको छ।

नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार (पूर्ण सूची)
सुदूरपश्चिम

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

कर्णाली

सल्यान – गुलाबजंग शाह
रूकुम पश्चिम – नन्दराम देवकोटा
सुर्खेत – ध्रुवकुमार शाही, कुलमणि देवकोटा
कालिकोट – नागेन्द्र शाही
जुम्ला – शान्तिबहादुर महत
मुगु – पूर्णबहादुर रोकाया
जाजरकोट – डम्बरबहादुर सिंह
दैलेख – रवीन्द्रराज शर्मा, लक्ष्मीप्रसाद पोखरेल
हुम्ला – दल फडेरा
डोल्पा – लंक रोकाया
रूकुम पूर्व – (बाँकी)

लुम्बिनी

नवलपरासी पश्चिम – रामप्रसाद पाण्डे, भगवतीप्रसाद यादव
रूपन्देही – वासुदेव घिमिरे, खिमलाल भट्टराई (३ क्षेत्र बाँकी)
पाल्पा – नारायण आचार्य, विष्णु पौडेल
कपिलवस्तु – विश्राम चौधरी, वीरेन्द्रप्रसाद कडौनिया (१ बाँकी)
दाङ – घनश्याम पाण्डे (२ बाँकी)
बाँके – सूर्य ढकाल, दलबहादुर सुनार (१ बाँकी)
बर्दिया – शालिकराम अधिकारी, विमला विक
रोल्पा – गोकुल घर्ती
प्युठान – सूर्यबहादुर थापा क्षेत्री
अर्घाखाँची – पिताम्बर भुसाल
गुल्मी – प्रदीप ज्ञवाली, गोकर्ण विष्ट

गण्डकी

नवलपुर – भागीरथ सापकोटा, तिलबहादुर महत क्षेत्री
गोरखा – आरसी लामिछाने, मिलन गुरुङ
लमजुङ – पृथ्वीसुब्बा गुरुङ
तनहुँ – भगवती न्यौपाने, केदार सिग्देल
स्याङ्जा – मीनप्रसाद गुरुङ, खिमबहादुर थापा
म्याग्दी – हरिकृष्ण श्रेष्ठ
कास्की – बैणबहादुर क्षेत्री, कृष्णबहादुर थापा, दामोदर बैरागी
बागलुङ – हिरा केसी, मञ्जु शर्मा चालिसे
मुस्ताङ – इन्द्रधारा विष्ट
मनाङ – पोल्देन गुरुङ
पर्वत – पदम गिरी

बागमती

सिन्धुली – प्रदीप केसी (कटुवाल), मनोजजंग थापा
रामेछाप – माधवप्रसाद ढुंगेल
दोलखा – पार्वत गुरुङ
सिन्धुपाल्चोक – आङदोर्जे शेर्पा, शेरबहादुर तामाङ
काभ्रे – अमित लामा (१ बाँकी)
धादिङ – भूमी त्रिपाठी, धनबहादुर घले
नुवाकोट – बद्री मैनाली, केशव पाण्डे
रसुवा – प्रेमबहादुर तामाङ
मकवानपुर – रामेश्वर राना, महेश बर्तौला
चितवन – कमलराज पाठक, अस्मिन घिमिरे, शंकरराज थपलिया
काठमाडौं –
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अमनकुमार मास्के
५. राजेश शाक्य
६. विनोद श्रेष्ठ (४ क्षेत्र बाँकी)
भक्तपुर – सोमप्रसाद मिश्र, महेश बस्नेत
ललितपुर – चेतनाथ सन्जेल, प्रेमबहादुर महर्जन (१ बाँकी)

मधेस

सप्तरी – सुमनराज प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी, बालकृष्ण चौधरी
सिराहा – रामशंकर यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ, बिल्टु साह
धनुषा – रामचन्द्र मण्डल, उमाशंकर अग्रहरी, जुलीकुमारी महतो, रघुवीर महासेठ
महोत्तरी – लक्ष्मी महतो कोइरी, रामपरीक्षण यादव, सरोज यादव (१ बाँकी)
सर्लाही – हरि उप्रेती (२ बाँकी)
रौतहट – अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा, रामजी साह
बारा – अच्युत मैनाली, बलवीरप्रसाद चौधरी, ज्वालाकुमारी साह, कृष्ण (किसान) श्रेष्ठ
पर्सा – प्रमोद जैसवाल, जालिम मियाँ अन्सारी (२ बाँकी)

कोशी

ताप्लेजुङ – (बाँकी)
पाँचथर – अइन्द्रसुन्दर नेम्वाङ
इलाम – काजिमान कागते, सुहाङ नेम्वाङ
झापा –
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. मनोज ताम्ली
४. केपी शर्मा ओली (झापा–५) (१ बाँकी)
संखुवासभा – (बाँकी)
धनकुटा – राजेन्द्र राई
तेह्रथुम – भानुभक्त ढकाल
भोजपुर – शेरधन राई
सुनसरी – सूर्य पन्दाक, भगवती चौधरी, जगदीश कुशियैत (१ बाँकी)
मोरङ – घनश्याम खतिवडा, दिलीपकुमार बगडिया (अग्रवाल), दिलीप राई, जीवन घिमिरे (२ बाँकी)
सोलुखुम्बु – कल्पना राई
ओखलढुंगा – अस्मिता थापा
उदयपुर – दुर्गा थापा स्वस्ती, अमरबहादुर रायमाझी
खोटाङ – देवविक्रम राई