कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै


नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वले हिजो निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आज बिहान साढे ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको हो ।

बैठक नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सबै पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चयन हुनुभएको थियो ।