काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का निम्ति झापामा सम्पर्क कार्यालय खोलिएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट प्रतिस्पर्धा गर्ने बालेनको तयारी छ ।
झापा–५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । त्यहाँबाट चुनाव जित्दै आएका ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको तयारी रहेको रास्वपा नेताले बताएका छन् ।
सोही क्षेत्रमा सम्पर्क कार्यालय खोलिएको हो । “बालेन झापा–५ मा केपी ओलीसँग चुनाव लड्ने पक्का भइसकेको छ । त्यसमा कुनै दुई मत छैन । बालेनका लागि सम्पर्क कार्यालय खोलिसक्यौँ,” रास्वपा झापाका सचिव शम्भु सुस्केराले भने ।

प्रतिक्रिया