सुनकोशी गाउँपालिकामा वित्तिय उत्तरदायित्व, विज्ञापन व्यवस्थापन र प्राकृतिक स्रोत संरक्षण ऐन पारित


ओखलढुंगाको सुनकोशी गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार विभिन्न ३ वटा ऐन पारित गर्दै १८ औं अधिवेशन सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष कमल तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐन २०८२, विज्ञापन व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८२ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको ऐन २०८२ पारित गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार अधिवेशनमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विश्लेषण गर्दै चालू आव भित्र सम्पन्न गरिने कार्यक्रमको योजनालाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

स्थानीय सरकारको हिउँदे अधिवेशन विशेषतः कानूनहरु निर्माण गर्ने सभाको रुपमा लिईन्छ ।

जिल्लाका अन्य पालिकाहरु भन्दा अगाडी सुनकोशीले यसवर्ष हिउँदे सभा सम्पन्न गरेको छ ।