इरानसँग व्यापार गर्ने देशहरूमा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यावसायिक सम्बन्ध भएका देशहरूबाट आउने सामानहरूमा २५ प्रतिशत भन्सार कर (ट्यारिफ) लगाएको घोषणा गर्नुभएको छ । इरानमा सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा दबाब सिर्जना गर्न पछिल्लो कदम चालिएको हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत छन् । इरानले प्रदर्शनकारीलाई दमन गर्दै गएमा सैन्य हस्तक्षेप गर्ने ट्रम्पले धम्की दिएपछि नयाँ शुल्क लगाइएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता कारोलिन लेभिटले हवाई आक्रमणलगायत सैन्य विकल्पहरू अझै पनि टेबलमा रहेका बताउनुभएको छ ।