नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस


 नेपाल प्रहरीका १६ प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने सूचीको पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल रहनुभएको छ । यसैगरी डिएसपीहरू धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी र छेदीलाल कामती लाई बढुवा सिफारिस गरिएको छ ।

त्यस्तै हरि बहादुर ओली, प्रदीप कुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची हेर्नोस्–