गायक प्रशान्त तामाङको निधन


गायक एवम् अभिनेता प्रशान्त तामाङको मृत्यु भएको छ ।

उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । ४२ वर्षको उमेरमा उनको दिल्लीमा निधन भएको हो । उनी भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

नेपाली मूलका भारतीय नागरिक रहेका तामाङले थुप्रै हिटगीत दिएका छन् भने चलचित्रमा पनि अभिनय गरेका छन् ।