फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कप जितेको छ । कुवेतमा पीएसजीले मार्सेइविरुद्ध इन्जुरी टाइममा बराबरी गोल फर्काउँदै पेनाल्टी सुटआउटपछि मार्सेईलाई हराउँदै लगातार चौथोपटक उपाधि जितेको छ ।

२–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा पीएसजी ४–१ ले विजयी भएको हो । च्याम्पियन्स लिग विजेता पीएसजीले खेलको १३औँ मिनेटमा उस्मान डेम्बेलेको गोलमार्फत अग्रता लियो । खेलको अन्तिम समयमा मार्सेईलेका मेसन ग्रिनवुडले पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा विलियन पाचोले आत्मघाती गोल गर्दा मार्सेई अग्रता लिएको थियो ।

तर इन्जुरी समयको पाँचौँ मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए । पेनाल्टीमा पीएसजीका गोलकिपर लुकास चेभालिएर म्याट ओराइली र हामेद त्राओरेका पेनाल्टी बचाए । पीएसजीका तर्फबाट रामोस, भिटिन्हा, नुनो मेन्डेस र डेजिरे डोउएले पेनाल्टी गोल गरेपछि पीएसजी ४–१ ले विजयी भयो ।