ऊर्जा, सहरी तथा भौतिक मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले अहिलेसम्म आफू कुनै पनि पार्टीको सदस्य नभएको दोहोर्याएका छन् ।
रास्वपाका उपसभापतिसमेत रहेका घिसिङले सहमति सम्बन्धित पार्टीले ‘इन्डोर्स’ नगरेको भन्दै असन्तुष्टि देखाए ।
मन्त्री पदबाट राजीनामा दिएपछि गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन आधिकारिक रुपमा तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव र साथ समर्थन रहँदैन भन्ने हुँदैन,” उनले भने, “मैले आजदेखि राजीनामा दिएको छु अब म खुला भएँ । भोलिदेखि म अध्यक्ष, उपाध्यक्ष र सदस्य पनि हुन सक्छु ।”
उनले रास्वपासँगको एकतामा आफूले सहमति नगरेको र आफूसँग सहमति नभएको बताए ।
“दुईवटा पार्टीको बीचमा सहमति भएको हो । मसँग सहमति भएको छैन,” उनले भने, “त्यो सहमति कार्यान्वयन भएको छैन । उपसभापति भनेर कहीँ पनि इन्डोर्स भएको छैन । सम्बन्धित पार्टीले पनि गरेको छैन । त्यो भएको हुनाले म सरकारमा रहेको हो । पहिले भएको भए मैले पहिले नै राजीनामा दिन्थेँ । उपसभापति इन्डोर्स गरेपछि हुने होला नि ? तर भएको छैन । म पहिला पनि राजीनामा दिने चरणमै थिएँ ।”

प्रतिक्रिया