एमालेको प्रचार विभाग प्रमुखमा मीन बहादुर शाही


नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् ।

पार्टीको आज बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन्। शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भई सकेका हुन् ।

शाही हाल सामुदायिक रेडियो विश्व संगठनको सह अध्यक्ष हुन्। शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनु भएका थिए।