काठमाण्डौको तापक्रम आज ३ डिग्री सेल्सियसमा झर्यो


काठमाण्डौको तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ ।

आज बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको हो । यो तापक्रम यसवर्षको अहिलेसम्मकै कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेविड ढकालले बताउनुभयो । यसअघि आज बिहान पौने ६ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएकोमा थप घटेको हो ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र अस्ति आइतवार ४ डिग्री सेल्सियस रहेको थियो । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।