सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

News Desk
550
Shares

सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ ।आज सुन तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ थियो ।