उदयपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का


उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ   उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।