वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै रकम ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–३ घर भएका २६ वर्षीय विश्व ठकुरी भनिने विश्व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका–९ बस्ने उदयपुर त्रियुगा नगरपालिका–१२ घर भएका ४४ वर्षीय अर्जुन कुमार निरौला, काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय गोपाल भनिने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्ने पाँचथर फिदिम नगरपालिका–१२ घर भएका ३८ वर्षीय पूर्ण बहादुर तुम्ब्रोक र ललितपुर, ललितपुर महानगरपालिका–२३ बस्ने काभ्रे पनौती नगरपालिका–१२ घर भएका ४० वर्षीय राज कुमार खड्का रहेका छन् ।
पक्राउ पर्नेमध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै नौजना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया