सुनचाँदीको भाउमा लगातार गिरावट : आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो


सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ।