सरकारको १०० दिन पूरा : निर्वाचन नै अर्जुन दृष्टि भएको प्रधानमन्त्री कार्कीको उद्घोष


प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको मुख्य लक्ष्य र ‘अर्जुन दृष्टि’ आगामी निर्वाचन नै रहेको स्पष्ट पारेकी छन्।

‘जेनजी’ (Gen-Z) आन्दोलनपछि गठन भएको सरकारले १०० दिन पूरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले सुशासन र तोकिएको समयमा निर्वाचन गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताइन्।

सम्बोधनका मुख्य बुँदाहरू:

निर्वाचन र सुशासन: सरकारले जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्दै सुशासन कायम गर्न र निर्वाचन सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ।

लोकतान्त्रिक जीत: “चुनावमा कसले जित्छ वा हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो,” प्रधानमन्त्रीले भनिन्।निर्वाचनको मिति: आगामी फागुन २१ गते हुने निर्वाचनलाई ‘परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठान’को रूपमा सम्पन्न गर्न उनले सबैमा आह्वान गरिन्।

धैर्यताको आवश्यकता: परिवर्तन रातारात सम्भव नहुने उल्लेख गर्दै उनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नागरिकमा धैर्यता हुनुपर्नेमा जोड दिइन्।”राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ।”

प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई राष्ट्रिय एकताका लागि अपिल गर्दै देशलाई नयाँ युगतर्फ लैजान सहयोग गर्न आग्रह गरेकी छन्।