नेकपा (एमाले)को महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान अन्तिम चरणमा पुगेको हो ।
“८० जना भोटिङ मेसिनमा हुनुहन्छ । केही होल्डिङ एरियामा हुनुहुन्छ,” एमाले निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले भने, “अब हामी मतदान प्रक्रियाको अन्तिम–अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ ।”
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । यसमध्ये करिब ३६ जना अनुपस्थित हुनेजस्तो देखिएको आयोगले जानकारी दिएको छ ।
इलेक्ट्रिक मतदान भएकाले भोटिङमा समय लागे पनि मतगणना भने चाँडै हुनेछ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया