नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सोलुखुम्बुका तर्फबाट पनि उम्मेदवारी रहने भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी, सोलुखुम्बुले आयोजना गरेको महाधिवेशन केन्द्रीत छलफलमा जिल्लाका तर्फबाट केन्द्रीय सदस्य तर्फ उम्मेदवारी रहने पक्का गरेको हो । छलफलमा अन्य क्लष्टरमा पनि महाधिवेशनको माहोललाई मध्यनजर गरेर उम्मेदवारीको तयारी गरिने जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए ।
यसअघि १० औँ राष्ट्रिय महाधिवेशनबाट सोलुखुम्बुका तर्फबाट मानवीर राई केन्द्रीय सदस्य चुनिएका थिए।
यस पटक भने जिल्लाबाट एकभन्दा बढीको उम्मेदवारी रहने अध्यक्ष बास्तोलाले जानकारी दिए। जिल्लाका तर्फबाट बर्तमान केन्द्रीय सदस्य मानवीर राई तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य एवं प्रदेश कमिटीका सचिवालय सदस्य बुद्धि कुमार राजभण्डारी आकांक्षी रहेका छन्।
नेकपा एमाले सोलुखुम्बुले यस पटकको महाधिवेशनमा एकता र सहकार्यको सन्देश दिने गरी प्रतिनिधित्व गर्न भेलाले निर्देश गरेको छ।
सोलुखुम्बुका तर्फबाट महाधिवेशन प्रतिनिधि छनौट भएका तथा काठमाडौंमा उपलब्ध नेता कार्यकर्ताको छलफलमा सहभागीता रहेको थियो।

प्रतिक्रिया