दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना८ख ७४५५ नम्बरको बस बिहान ३ बजे दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट बस तल खस्दा दुर्घटना भएको हो । बसको पट्टा भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
“घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य छ,” बस्नेतले भने, “१७ जनाको अवस्था मध्यम छ ।” बसमा ३७ जना सवार थिए ।

प्रतिक्रिया