नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
प्रदर्शनको २१ औं दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ ।
फिल्मले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको कमाइ बिहीबार बेलुका ६ बजेसम्म बक्सअफिसमा १२ करोड १४ लाख नेरु ग्रस छ ।
दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले आगामी सप्ताहन्त (शुक्रबार र शनिबार) १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यो अनुमानका सूचक सकारात्मक यसकारण देखिएका छन् कि फिल्मले विकडेजमा पनि दैनिक ३० देखि ५० लाख औषत कमाइरहेको छ, जुन सशक्त हो ।धन्यवाद( बलियो ‘वर्ड अफ माउथ’ लाई, जसको कारण यो फिल्मको गति अझै रोकिएको छैन । फिल्म अन्तर्राष्ट्रिय बजारहरूमा पनि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया