मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान


जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग आज बयान लिएको छ।

आयोगको कार्यालयमा बोलाएर आज अर्यालसँग बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको हो।

अर्याल यही साता आवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ। अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले अहिले नै लिइएको बताइएको छ।