नेकपा (माओवादी केन्द्र)ले वाम एकताको दिशामा छलफल अघि बढाउने उद्देश्यले शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।
बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी लगायत वामपन्थी दलहरूसँग सम्भावित एकता, पदीय व्यवस्थापन र मोडालिटीबारे विस्तृत छलफल हुने जनाइएको छ ।
यसअघि शुक्रबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया