महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक बस्दै


नेकपा (एमाले)को सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, गुण्डुमा बस्दैछ ।

बैठकले मंसिर २७ देखि २९ गते पोखरामा आयोजना हुने पार्टीको ११औं महाधिवेशनका तयारीबारे विस्तृत छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बिहान ११ बजे सुरु हुने बैठकमा महाधिवेशन तयारीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराकोवस्तुस्थितिको बारेमा प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। बैठकले महाधिवेशन सफल बनाउनका लागि विभिन्न जिम्मेवारी तोक्ने, प्रतिनिधि छनोटको मापदण्ड निर्धारण गर्ने तथा कार्यतालिका टुंग्याउने विषयमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैठकमा आगामी फागुन २१ गते सरकारले तय गरेको आमनिर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिसम्बन्धी विषयमा पनि छलफल हुने पार्टी स्रोतले जनाएको छ।