ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले कतारमाथि रोमाञ्चक पाँच रनको जित निकालेको छ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पु¥याए। दीपेन्द्रसिंह ऐरीले २६ रनको योगदान दिए भने अन्त्यतिर गुल्सन झा र सोमपाल कामीले उपयोगी रन थपे।
बलिङतर्फ कतारका डेनियल आर्चर, मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३–३ विकेट लिए।
१४८ रनको लक्ष्य पछ्याएको कतारले आक्रामक सुरुवात गरे पनि नेपालका बलरको उत्कृष्ट प्रदर्शनका कारण १९ ओभर ५ बलमै १४२ रनमा समेटियो। कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट झार्दै नेपाललाई जित दिलाए। नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो, तर सन्दीपको उत्कृष्ट बलिङका अगाडि कतारी ब्याटरहरू धराशायी बने।

यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो जितको श्रृंखला कायम राखेको छ र विश्वकपमा स्थान बनाउने लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढाएको छ।

प्रतिक्रिया