देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि विभागका तत्कालीन प्रमुख हुतराज थापा भदौ २८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए ।
थापाले तीन वर्षे कार्यकाल पूरा गरी अवकाश लिँदा प्रमुखको पद रिक्त भएको थियो । सोही पदमा अब कार्कीले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया