नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, आवागमन अवरुद्ध

साझा प्रेस
0
Shares

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझदेखि खसेको लगातार पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

शुक्रबार साँझ करिब ६ बजे खसेको सुख्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको प्रहरीले जनाएको छ । आज बिहानैदेखि डोजरमार्फत सडक खुलाउने प्रयास भए पनि लगातार पहिरो खसिरहेका कारण काममा कठिनाइ भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुहरुलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।