नेपाली समाज र देशको यथार्थलाई पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’ को अफिसियल ट्रेलर भोलि (शुक्रबार) बिहान १०ः१९ बजे सार्वजनिक हुने भएको छ।
निर्माण टिमका अनुसार, ‘बलिदान’ नेपालीहरूको संघर्ष, सपना र जीवनशैलीलाई समेटेर तयार गरिएको फरक धारको चलचित्र हो । प्रायः प्रेमकथामा आधारित फिल्महरू आउने नेपाली फिल्म उद्योगमा यसपटक निर्देशक सन्तोष सेन ले सामाजिक–राजनीतिक पृष्ठभूमि र आम नेपालीको जीवनयात्रा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
निर्देशक सेनले प्रेमकथाले मनोरञ्जन दिन सक्ने भए पनि देशका वास्तविक घाउलाई देखाउन सक्दैन भन्दै ‘बलिदान’लाई यथार्थपरक कथानक, सशक्त संवाद र भावनात्मक उतारचढाव मार्फत दर्शकसम्म पुर्याउने उद्देश्य राखिएको बताएका छन् । उनका अनुसार, चलचित्रको सिनेमाटोग्राफीलाई अझ सशक्त ढंगले प्रस्तुत गरिएको छ ।

चलचित्रको कथा दर्शन जी ले लेखेका हुन् भने ‘बलिदान’ आसुसन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको हो । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट र कार्यकारी निर्माता प्रेम पुरी, GodRays Pictures को VFX सुपरभाइजर बिराज खड्का रहेका छन् । निर्माण पक्षका अनुसार अब आउने ट्रेलरले अझ थप फिल्मलाई दर्शक माझ नयाँ काैतुहलता र ध्यानाकर्षण गर्ने गरी सम्पादन र प्राविधिक पक्षले विशेष ध्यान दिइएको छ।
दमदार कलाकारहरूको अभिनय
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राई, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कमेश्वर चौरसिया, प्रज्वल दुलाल, जीवन बराल, ऋतेश जंग पौडेल लगायतका चर्चित कलाकारहरूको अभिनय देख्न पाइनेछ।
यसअघि सार्वजनिक पोस्टर, प्रि–टिजर, टिजर र ओएसटी गीतले नै दर्शकबीच चलचित्रप्रतिको उत्साह बढाइरहेको अवस्थामा अब ट्रेलरले फिल्मप्रतिको प्रतिक्षा अझ चुल्याउने अपेक्षा गरिएको छ।
प्रदर्शन मिति
‘बलिदान’ आगामी असोज १३ गते पुल्पातिको दिनदेखि देशभरका सिनेमा हल र अन्तर्राष्ट्रिय स्तरमा एकसाथ प्रदर्शनमा आउनेछ।
दर्शकबीच उच्च प्रतिक्षा गरिएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा थप्ने र नयाँ धारा खोल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया