सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्चका लागि थप ५ लाख गरी कुल १५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार यो रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, मृत्यु भएका व्यक्तिहरूको शव सम्बन्धित स्थानमा पु-याउनका लागि सवारी साधन उपलब्ध गराइने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत पु-याउने व्यवस्था मिलाइने मन्त्री अर्यालले जानकारी दिए । दाहासंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।
गत २३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । तीमध्ये २८३ जना हाल देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।
सरकारको यो निर्णयलाई आन्दोलन प्रभावित परिवार र सर्वसाधारणले राहतका रूपमा लिएको जनाइएको छ ।
सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।
सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय मन्त्रीपरिषद वैठकले गरेको छ ।
प्रतिक्रिया