हामी नेपाली हरेक १२ देखि १५ बर्षमा व्यबस्था परिवर्तन भन्दै आफ्नो परिवार दैनिक काम काजलाई समेत बेवास्ता गर्दै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वार्थको पछाडि लागेकै हो ।
अझ पछिल्लो १० बर्षे जनयुद्द, ३ बर्षको शाहि सासनमा पनि छाति थाप्दै अधि लाग्यौ ।त्यस ३ बर्षको ज्ञानेन्द्र शाहको अध्यक्षतामा संचालित सरकारले जनतामा कुनै आशाको देखाउने कामको सुरुवात १% मात्र गरेको भए पनि जनताले उनले गरेको गल्तीलाई माफ गरि दिने नै थिए, तर ९९% नकारात्मक बाटोमा वा भनौ जनताको अपेक्षामा १ % पनि फरकपन ल्यउन सकेनन् जसको फलस्वरुप जनता हालका प्रमुख दलको नेतृत्वमा जनआन्दोलन मार्फत जनतामा सासन फिर्ता ल्याए ।
त्यस पश्चात नेपालको परीवर्तित शासन पद्धतिको खाका सहित संविधान सभाको निर्वाचन भयो र राज्य संघिय गणतान्त्रिक प्रकृया मार्फत संचालित रह्यो र हाल सम्म पनि संघिय गणतन्त्र संरचनामा संचालन भैरहेको छ ।
आजको अवश्यकता तथा निचोड यो छ कि राज्य कुन तन्त्रमा र कसको नेतृत्वमा संचालित छ भन्ने भन्दापनि जनताको चेतना स्तर, शिक्षा,आवश्यकता तथा सामाजिक सुरक्षाका सुचकहरु कस्तो रह्यो त्यसको मापन गर्न जरुरि छ ।
अव यो वा त्यो वाहनामा नेपाल देशलाई अशान्त वनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वार्थ समुहको पछि लाग्नु नेपालि जनतालाई सत प्रतिशत घातक रहने निश्चित छ ।
अब सचेत नेपालिले यि विषयमा आत्मघुलन गरि शान्त र सुन्दर नेपाल बनाउन भुमिका खेल्नुपर्ने दायित्व बोक्नु उपयुक्त देखिन्छ ।
१.नेपाल भित्र वा वाहिर रहेका नेपालि तथा सामाजिक अभियन्ताहरुले राजनैतिक गालिगलौज भन्दा पनि नेपालमा रहेका भौतिक तथा प्राकृतिक सुन्दरताको बारेमा सामाजिक संजालमा प्रचार गरि नेपालको बारेमा सकारात्मक सन्देश प्रवाह गर्ने ।
२.हरेक नेपाली नागरिकको सामाजिक सुरक्षाको सुनिस्चितताका लागि अध्ययन गरि विदेश पलायन रोक्न आ-आफु बस्ने स्थानिय तहमा यो वा त्यो विचार नभनि स्पस्ट सामाजिक खाका तयार गर्ने र त्यसको कार्यान्वयनबारेमा छलफल चलाउने ।
३. राज्यबाट प्राप्त सुविधाहरु आवश्यकताका आधारमा लिने प्रणालीको विकास गरि सचेत र परिवर्तित समाजको विम्व प्रस्तुत गर्न समाजमा सचेतना कार्यक्रमहरु संचालन गर्ने र उत्प्रेरीत गर्ने ।
४. हरेक वडा स्तरमा नै शिक्षा, स्वास्थ,व्यवसाय , खेलकुद, अर्थ तथा विभिन्न विभागहरु निर्माण गर्ने र वडा वडामा रहेका विज्ञ व्यक्तित्वहरुलाई परिवर्तनको संवाहक बन्न प्रेरित गर्ने ।
५.गाऊँ , टोल, वडा तथा पालिकाहरुमा न्युनतम समाज निर्माण खाका तयार गरि सबै नागरिकको राय संकलन गर्ने, फरक विचारलाई समावेश वा प्रष्ट परि सबैको अपनत्व हुनेगरि अगाडि बढ्ने ।
६. राज्यबाट जनताले प्राप्त गर्ने सेवाहरुलाई द्वैध अर्थ नलाग्नेगरि, स्पस्ट निति तर्जुमा गरि धर/धरमा ससुल्क सेवा सुविधा उपलव्ध गराउने बाटोमा अग्रसर गराउने ।
७. जनताले तिरको करलाई जनताको सुविधाका लागि उपलब्ध गराउने सुनिश्चितता गर्ने,स्वास्थ्य र शिक्षालाई गुणस्तरिय र निःशुल्क बनाउने । ८. हरेक क्षेत्रको आकश्मिक कार्य समुह बनाउने र समस्यालाई तत्कालै समाधान गर्ने ।
९. जनताले चाहेको वा पार्टिले चाहेको परिवर्तनलाई वा सासन पद्धतिलाई हरेक ५/५ बर्षमा हुने निर्वाचन मार्फत जनतामा प्रस्तुत गर्ने र नारा जुलुसलाई निरुत्साह गर्ने, जसवाट राष्ट्रिय स्वार्थसमुहमा अन्तराष्ट्रिय लगानिमा कमि आउने छ ।
१०. नेपाली नेपाली विच भाईचारा स्थापना गर्न , सकारात्मकतालाई प्रचार र नकारात्मकतालाई कानुनि प्रकृयामा अगाडी बढाउन सचेत रहने, कुनै कुराको प्रमाण विना आरोप प्रत्यारोप नगरि कानुनि प्रकृया अपनाउने ।
११. हाल पालिका स्तरमा भएको अधिकारलाई पुर्ण कार्यान्वयन गरि स्वस्थ र सचेत समाजको निर्माण गर्न नागरिक स्तरवाट सकारात्मक पहल गर्ने।
यि प्रकृयामा हरेक नागरिकले आ-आफ्नो ठाउँबाट सहभागिता जनाउने , सहभागिता जनाउन नसके कारण सहित सुझाव दिने , यति पनि गर्न नसके अरुले गरेका हरेक काममा सहमत हुने । यो समाजबाट पक्कै पनि सक्षम र सचेत नेतृत्व जन्मने नै छ ।
त्यसैले राष्ट्रप्रमुख वा व्यबस्था जुन भए पनि हामिले हाम्रो आफ्नै पहलबाट आ-आफ्नो गाउँ हरेक तवरवाट संबृद्ध बनाउन हातमा हात राखि अधि बढ्नु उपयुत्त हुन्छ न कि सडकमा मालिक वा शासक खोज्नको लागि ।
प्रतिक्रिया