राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।
पार्टी छोडेको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। मैले पार्टी छोडेकी छु।”
श्रेष्ठ पार्टीभित्र विभिन्न निर्णयप्रति असन्तुष्ट हुँदै आएको बताइँदै आएको थियो।
प्रतिक्रिया