रवि लामिछाने अन्ततः नख्खु कारागारमा

सशस्त्र प्रहरीलाई ध्यानाकर्षण

साझा प्रेस
50
Shares
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने भएको छ। सुरक्षाको प्रत्याभूति माग गर्दै आज साँझ आफैँ कारागार पुगेका उनलाई प्रारम्भिक आनाकानीपछि थप सुरक्षा व्यवस्थासहित राख्ने पहल भएको प्रहरी स्रोतले जनाएको छ।

पाँच दिनअघि कारागारबाट निस्केका लामिछाने करिब ५ बजे पत्नी निकिता पौडेल र कार्यवाहक सभापति डीपी अर्यालसँगै नख्खु कारागार पुगेका थिए। उनीहरू हाल कारागारभित्र प्रहरी–प्रशासनसँग संवादमा रहेका छन्।

लामिछानेले अहिलेको अवस्थालाई ध्यानमा राख्दै कारागारमा विद्यमान सुरक्षा अपर्याप्त रहेको बताएका थिए। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले कारागार सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई पत्रमार्फत ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्।

“आइसकेपछि फर्काउने कुरा हुँदैन,” एसएसपी अधिकारीले भने, “उहाँको मागलाई लिएर सशस्त्र प्रहरीमा ध्यानाकर्षण गराइएको छ।”

नख्खु कारागार सशस्त्र प्रहरीको सुरक्षा नियन्त्रणमा छ। यसबीच कारागारमा अन्य कैदीबन्दीहरू पनि धमाधम फर्किरहेका छन्।