सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

साझा प्रेस
0
Shares

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपतिले संविधानको अन्तरिम प्रावधानअनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ। कार्कीले आजै बेलुकी ९ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्की नेपाली न्याय क्षेत्रमा पहिलो महिला प्रधानन्यायाधीशका रूपमा परिचित छिन् । सर्वोच्च अदालतको नेतृत्व सम्हालेका क्रममा उनी साहसी निर्णय र स्पष्ट विचारका कारण चर्चित भएकी थिइन् ।

अन्तरिम सरकार गठनसँगै अब मुलुकलाई आगामी आम निर्वाचनसम्म अघि बढाउने जिम्मेवारी कार्की नेतृत्वको सरकारले पाउनेछ।