रामेछाप कारागारमा झडप : दुई कैदीको ज्यान गयाे

साझा प्रेस
0
Shares

रामेछाप कारागारमा बिहीबार बिहान उत्पन्न तनावका क्रममा दुई कैदीको ज्यान गएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले विभिन्न च्यानलको ताल्चा तोड्दै कारागार तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि नेपाली सेनाले गोली प्रहार गरेको हो । सो क्रममा दुई जनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएका छन् ।

अन्य १० जना कैदी पनि घाइते भएका छन् भने उनीहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । प्रशासनका अनुसार कैदीलाई वार्ता गरेर सम्झाउने प्रयास असफल भएपछि मात्र गोली चलाउनुपरेको हो ।

घटनापछि कारागारलाई पूर्ण नियन्त्रणमा लिइएको छ । हाल कारागारमा १६ महिला र ३१८ पुरुष गरी ३३४ जना कैदी रहेका छन् ।