त्रिभुवन विमानस्थलमा रोकिएका उडान पुनः सञ्चालन

साझा प्रेस
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि रोकिएका हवाई उडान पुनः सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका अनुसार दिउँसो २ः३० बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको हो । विमानस्थल सुरक्षा समितिको बुधवार दिउँसो बसेको बैठकले उडान सुचारु गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई आफ्नो सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर उडान समयबारे जानकारी लिन आग्रह गरेको छ । साथै, आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन र अत्यावश्यक अवस्थामा मात्र उपस्थित भई अनावश्यक भीडभाड नगर्न अनुरोध गरिएको छ ।