प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असामान्य परिस्थिति समाधान र संविधानसम्मत राजनीतिक निकासको पहल गर्न आफ्नो राजीनामा भएको स्पष्ट पारेका छन् ।
ओलीले संविधानको धारा ७७ (१) (क) बमोजिम सोमबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । राजीनामामा उनले भनेका छन्,
“हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ।”
ओलीको राजीनामापछि अब नयाँ सरकार गठन प्रक्रियाबारे राजनीतिक दलहरूबीच छलफल तीव्र हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया