देशभर जेनजी पुस्ताको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
आन्दोलन तीव्र बन्दै गएपछि मुलुकको राजनीतिक स्थायित्व र समाधानका लागि प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजकले जानकारी दिएका छन् ।
बैठकमा हालको आन्दोलनको प्रभाव, आन्दोलनकारीहरूसँग संवाद गर्ने सम्भावना र आगामी राजनीतिक कदमबारे गम्भीर छलफल हुने बताइएको छ ।
यसअघि जेनजी आन्दोलनमा प्रहरीसँगको झडपमा १९ जनाको ज्यान गएपछि मन्त्रीहरू एकपछि अर्को गर्दै राजीनामा दिने घोषणा गरेका छन्, जसले सरकारभित्र थप संकट निम्त्याएको छ ।
प्रतिक्रिया