राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
शाहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तत्काल प्रभावका साथ सांसद पद त्यागेको घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले संसद सदस्यको हैसियतमा आजको मितिदेखि राजीनामा दिएको उल्लेख गरेका छन् ।
साथै शाहले जेनजी आन्दोलनमा सहभागी हुने घोषणा गर्दै आफू अब प्रत्यक्ष रूपमा आन्दोलनमा उत्रिने बताएका छन् ।
रास्वपाका सांसदले संसदबाट बाहिरिँदै आन्दोलनको नेतृत्व लिन तयार भएको घोषणाले आगामी राजनीतिक घटनाक्रममा नयाँ मोड आउने विश्लेषण हुन थालेको छ ।
प्रतिक्रिया