नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।
अध्यक्ष ओलीले तीनवटै प्रतिवेदन निर्णायर्थ पेस गरेपछि प्रतिनिधिहरूले तालिको ध्वनीका साथ अनुमोदन गरेका थिए।
एमालेको प्रतीक चिह्नमा परिवर्तन
महाधिवेशनले पार्टीको प्रतीकात्मक लोगोमा समेत महत्वपूर्ण निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षपछि पहिलो पटक हँसिया–हथौडाको रंग परिवर्तन गरिएको हो।
अबदेखि एमालेले सेतो पृष्ठभूमिमा प्रयोग हुँदै आएको हँसिया–हथौडालाई रातो पृष्ठभूमिमा सुनौलो रंगमा अंकित गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगमा नयाँ नेतृत्व
महाधिवेशनले पार्टीको निर्वाचन आयोगमा पनि नयाँ नेतृत्व चयन गरेको छ।
डा. विजय सुब्बा पुनः प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामा सर्वसम्मत निर्वाचित भएका छन्।
प्रतिक्रिया