नेपाल शेर्पा संघको संघीय कार्यसमितिमा ४ नयाँ सदस्य मनोनित

साझा प्रेस
0
Shares

नेपाल शेर्पा संघको संघीय कार्यसमितिमा ४ जना सदस्य मनोनित भएका छन् । संघको सचिवालय बैठकले विधानको परिच्छेद ७, दफा ३९ अनुसार मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले दोलखाकी लेकी शेर्पा, रामेछापका सोनाम शेर्पा, सोलुखुम्बुकी आङमाया शेर्पा र सिन्धुपाल्चोकका पेम्बा ग्याल्जेन शेर्पालाई संघीय सदस्यमा चयन गरेको उपाध्यक्ष बाबुकाजी शेर्पाले जानकारी दिए ।

सपथग्रहण र सम्मान

मनोनित सदस्यहरुलाई संघले आइतबार आयोजित विशेष समारोहका बीच संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले पद तथा गोपनियताको शपथ गराएका छन् । सो अवसरमा प्रमाणपत्र वितरण र बधाई ज्ञापन कार्यक्रम पनि सम्पन्न भएको महासचिव लाक्पा जी शेर्पाले बताए ।

कार्यक्रममा नेपाल शेर्पा संघका पूर्व सल्लाहकार तथा वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा र पूर्व महासचिव निमा तुण्डुप शेर्पाले शुभकामना मन्तव्य राख्दै नयाँ सदस्यले शेर्पा समुदायको पहिचान, राजनीतिक अधिकार र राज्यको मुख्यधारमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।

संघको विधान अनुसार संघीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचित ३७, मनोनित ४ र पदेन १० गरी ५१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ। गत असार १ र २ गते सम्पन्न सातौं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संशोधित विधान कार्यान्वयन गरिएको थियो ।

अध्यक्ष ठिन्ले शेर्पाका अनुसार, नव–मनोनित सदस्यलाई विभागीय जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढाइनेछ।